काठमाडौँ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री एवं प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधानको खाँचो रहेको औँल्याएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् । उनले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नरहने बताए ।
नेता पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा रहँदा आम नागरिकलाई सस्तो र सुलभ मूल्यमा औषधि उपलब्ध गराउन महत्त्वपूर्ण नीतिगत आधारहरू तयार पारेको दाबी गरेका छन्। उनले देशभर औषधिको समान मूल्य कायम गर्न र आपूर्ति सहज बनाउन सेन्ट्रल बिडिङ-लोकल पर्चेजिङ सञ्चालन तयारी गरिएको स्मरण गराएका छन्।


