काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आज आइतबार बिहान ३ बजे उनकै निवासबाट पक्राउ गरेको हो । अहिले उनलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । उनलाई कुन अभियोगमा पक्राउ गरिएको भन्ने खुल्न सकेको छैन ।
उनका विरुद्ध कुनै मुद्दा दर्ता नरहेको र कानुनबमोजिम पक्राउ पुर्जी पनि जारी नभएको प्रहरी स्रोतले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले भने जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षाको लागि प्रहरी कार्यालयमा ल्याइएको दाबी गरेका छन् ।


