काठमाडौं । सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको हो । सरुवाको सूची भने सार्वजनिक हालसम्म गरिएको छैन ।
स्रोतका अनुसार राष्ट्रपतिको कार्यालयमा कार्यरत रितेशकुमार शाक्यलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ । यसैगरी बन्धुप्रसाद बास्तोला, नारायणप्रसाद रिमाल र गोकुल बास्तोलालाई अर्थ मन्त्रालयमा ल्याइएको छ ।
यस्तै अतिरिक्त समूहमा रहेका शंकरहरि आचार्यलाई राष्ट्रिय समावेशी आयोगमा सरुवा गरिएको छ भने अनिल दत्तलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।
सामान्यकै अतिरिक्तमा रहेका भूपेन्द्र थापालाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको बताइएको छ । राजेन्द्र हमाललाई राष्ट्रिय महिला आयोगमा ल्याइएको छ । हमाल सुदूरपश्चिम प्रदेशमा कार्यरत थिए ।


