काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा देखा परेको विबादलाई समाधान गर्न आफूले अधिकतम प्रयास गर्ने उद्घोष गरेका छन् ।
पार्टीको विवाद समाधानका लागि अन्तिम क्षणसम्म प्रयास जारी रहने उल्लेख गर्दै उनले सबै पक्षका शीर्ष नेताहरूसँग भेटघाट र छलफल गरिरहेको बताएका हुन् ।
राजनीतिक दलका विषयहरू राजनीतिक रूपमै टुंगिनुपर्ने भए पनि विषय अदालत पुगेको भन्दै उनले पटक–पटकको निर्णयले महाधिवेशन अगाडि बढाउन कुनै बाधा नरहेको स्पष्ट पारे । असोज १६ गते तोकिएको अधिवेशन नगरे फेरि अदालत जाने अवस्था आउन सक्ने भएकाले अधिवेशन सार्नु उपयुक्त नहुने उनको तर्क छ ।


