काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा पहिरो सफा गरिएसँगै सवारी साधन आवतजावत गर्न सकिने अवस्था बनेको हो । सडकको भित्तातर्फ खसेको पहिरो पन्छाएर सवारी चलाइए पनि छेउको गेबियन वाल भने खसेको छ ।
हीबार राति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द भएको थियो ।


