काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ७.०६ अंकले बढेको हो । ।
कुल ३५६ कम्पनीको दुई करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम सात अर्ब पाँच करोड ३९ लाख ९८ हजार ६२४ रुपैयाँ पुगेको छ । कुल ७० हजार ६९१ कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
१३८ कम्पनीको सेयर मूल्य उकालो लाग्यो । १३० कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।


