काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानबाट जीतका लागि १०३ रनको लक्ष्य पाएको छ ।
जापानको निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको हो।
अफगानिस्तानलाई कम स्कोरमा रोक्न नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए।
ललितले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। कुशलले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर ४ विकेट आफ्नो नाममा गरे।
करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेल भने विकेटविहीन रहे।


