काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने बताए ।
सभापति थापाले पार्टी केन्द्रीय समितिको प्रभावकारिताका लागि आफ्नो टिममा छुटेका नेताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । थापाले पार्टीको आन्तरिक निर्वाचनलाई ‘जित र हार’को अन्तिम मानकका रूपमा नहेर्न आग्रह गरे ।
