काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू संविधानको रक्षार्थ पुनः राजनीतिमा आएको बताएकी छन्।
शुक्रबार नेकपा ९एमाले० केन्द्रीय कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले आफ्नो भनाइ राखेकी हुन्। भण्डारीको भनाइ उद्धृत गर्दै एमाले सचिव पद्या अर्यालले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा मडराइरहेकाले पार्टीमा आवद्ध भएको जिकिर गरेको बताइन्।
बैठक समापन हुनुअघि वरिष्ठ नेता भण्डारीले बोलेकी थिइन्। अर्यालका अनुसार, भण्डारीले बैठकमा भनिन्, ‘वरिष्ठ नेता कमरेड विद्यादेवी भण्डारीले अब ११ वर्षपछि आफू पार्टी जीवनमा फर्किएको र आजको मुलुकमा जुन लोकतन्त्र र संविधानप्रति जुन खतरा देखिरहेको छ, यसको रक्षा गर्ने भनेको जसले लोकतन्त्र ल्याए तिनै राजनीतिक दलहरुले नै यसको रक्षा गर्ने हो।’
