काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाएका छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो धारणा ब्यक्त गरेका हुन् ।
आज एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
विभिन्न अनियमितता, सरकारी निर्णय तथा सार्वजनिक चासोका विषयमा समाचार सम्प्रेषण गर्ने पत्रकारमाथि पक्राउ पुर्जीबिनै धरपकड गरिएको, केही पत्रकारलाई साइबर ब्युरोमा बोलाइएको र कार्यस्थलमै रहेका कर्मचारीलाई समेत नियन्त्रणमा लिने गतिविधि भइरहेको भन्दै आपत्ति जनाए।

