काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सम्पत्तिमा आगो लगाउने, र लुटपाट गर्ने जस्ता कार्यले विश्वमा नेपाली जातिको बेइज्जत र बदनाम भएको टिप्पणी गरेका छन् ।
तिहार, नेपाल संवत् ११४७ न्हूदँ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले झूट र विध्वंसप्रति आपत्ति जनाउँदै सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति कायम गर्नुपर्ने बताएका हुन् ।
उनले बुद्धको उपदेशबाट चलेको शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्ने र घृणा फैलाउने संस्कृतिभन्दा सांस्कृतिक र शैक्षिक ढङ्गले मानिसको मनोभाव सुधार्नुपर्ने कुरामा जोड दिए ।

