काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन् ।
उनले आज आफ्नै समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘५ पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ पूर्वसभापति देउवाले भने, ‘जुन पार्टीले मलाई ५ पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ ।’
कांग्रेस नेपाली जनताले बनाएको पार्टी भएको जिकिर गर्दै उनले जनताका प्रतिनिधिबाहेक कसैले पनि ‘हाइज्याक’ गर्न नसक्ने बताए ।

