काठमाडौँ । मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुख्खा पहिरो पन्छाइएपछि अहिले पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ । विभागका प्रवक्ता शुभराज न्यौपानेले भर्खर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए ।
आज (सोमबार) बिहान खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको यस राजमार्गलाई निरन्तरको प्रयासपछि खुलाइएको हो । विभागका अनुसार, उक्त सडक खण्डको चेनज ७९ं२०० स्थित घोप्टेभीरमा खसेको पहिरो हटाउन ५ वटा मेसिन -उपकरण) हरूको सहायता लिइएको थियो ।

