काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालमा वास्तविक लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन महत्त्वपूर्ण हुने बताएका छन् ।
नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले सम्मेलन भाषण र विदेशी वक्ताहरूको सहभागितामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्ने बताए । नेपालमा लगानीको वास्तविक अवस्था र सम्भावना प्रस्तुत गर्न सम्मेलन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
मन्त्री वाग्लेले सरकारले ल्याएको २१ खर्ब रुपैयाँको बजेटले मात्रै अर्थतन्त्रका सबै आवश्यकता पूरा गर्न नसक्ने उल्लेख गर्दै ७० खर्बको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए। त्यसका लागि निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्ने सरकारको नीति रहेको उनले स्पष्ट पारे।
पूर्वाधार सम्मेलनपछि प्राप्त हुने निष्कर्ष र त्यसले सिर्जना गर्ने अवसरलाई ध्यानमा राखेर सरकार अघि बढिरहेको पनि उनले जानकारी दिए ।

