काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् ।
सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदको आज बसेको बैठकले वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा उपाध्यायलाई बढुवा गरेको जानकारी दिइन् ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय समेत गरेको छ ।


