काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वको लक्ष्य भेटाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। मन्त्री महतले बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’
उनले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न समेत आग्रह गरे । डा. महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै सजग समेत बताए ।


