काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गरिएको सरकारकी प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो ।
२०६३ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी बस्नेतको पहिलो पोस्टिङ भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको थियो। त्यहाँ चार महिना काम गरेपछि शहरी विकास मन्त्रालयमा काम गरे । शाखा अधिकृतको रुपमा ४ वर्ष काम गरेपछि २०६६ मा उपसचिवका लिखितमा नाम निकालिन। तर अन्तर्वार्ता बिग्रिएका कारण सिफारिस हुन सकिनन्। उनी हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन् ।
