काठमाडौं । लोकसेवा आयोगले अघिल्लो आर्थिक बर्षमा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी रहेका विभिन्न पदहरुको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगले न्याय सेवाको शाखा अधिकृत तहको प्रथम,द्धितीय र तृतीय पत्रको परीक्षा,परराष्ट्र,प्रशासन,लेखापरीक्षण,संघीय संसद सेवाको शाखा अधिकृत पदको परीक्षाको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
यस्तै अघिल्लो आर्थिक बर्षमै विज्ञापन भइ परीक्षा हुन बाँकी राष्ट्रिय मानव अधिकार आयोगको अधिकृत तृतीय श्रेणी र नायब सुब्बा तहको परीक्षा तालिका आयोगले सार्वजनिक गरेको छ ।


