काठमाडौं । विशेष अदालतले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतको मंगलबारको इजलासले उनीमाथि एकै मितिमा दायर भएका पाँचवटा मुद्दामा कसुर कायम गर्दै सजाय सुनाएको हो ।
विशेष अदालतले उनलाई एक मुद्दामा एक वर्ष कैद तथा चार लाख रुपैयाँ जरिवाना र उति नै रकम बिगो असुलउपर हुने सजाय सुनाइएको छ । बिगोमध्ये दुई लाख उनको बैंक खातामा भेटिएकोमा जफत हुनेछ भने बाँकी दुई लाख उनले फैसला गरेको छ ।
रिजालले ओहोदाले गर्नुपर्ने काम नगरी घुस लिएर भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा चलाइएको थियो । उनले जिल्ला प्रशासनको क्षेत्राधिकारभित्र पर्न आएको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्ने भन्दै घुस लिने गरेका थिए ।


