काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपाल आज बहराइनसँग भिड्दै छ।
पहिलो खेल जितेर उत्साहित नेपाली टोली आज दोस्रो जितको खोजीमा हुनेछ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपाली समयानुसार आज बिहान सवा ११ बजे सुरु हुने छ।
यसअघि बिहीबार नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो।


