काठमाडौं । काठमाडौंको टुँडिखेलमा संविधान दिवस समारोह गरी मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रतिनिधिसभाका सभामुख, देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो।
यस अवसरमा टुँडिखेलमा विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति तथा नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरेका छन्।
देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन्।


