काठमाडौं । स्थानीय तहका कर्मचारीहरुले आजदेखि आन्दोलनलाई अझै सशक्त बनाउने भएका छन् ।उनीहरुले सम्पूर्ण स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्ने र अनिश्चितकालिन पेन डाउन गर्ने भएका हुन ।
सदनमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै आइतबारदेखि नै काठमाडौंको माइतीघर मण्डलामा स्थानीय तहका कर्मचारीहरुले सबै स्थानीय तहको अत्यावश्यक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका हुन । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको संघर्ष समितिका महासचिव विजय देवकोटाले जानकारी दिए ।
यस्तै संयोजक दीपक गौतमका अनुसार आजैदेखि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्दै,अनिश्चितकालका लागि पेन डाउन गर्ने निर्णय भएको जनाएका छन् । यस्का अलवा विरोध प्रर्दशनका लागि स्थानीय तहका सबै कर्मचारीहरुलाई काठमाडौं केन्द्रित हुन आह्वान गरिएको छ । कंथ काठमाडौंमा उपस्थित हुन नसक्ने स्थानीय तहका कर्मचारीलाई कालो व्यानरसहित स्थानीय तहमा धर्ना बस्न सूचित गरिएको छ ।
आन्दोलनका लागि भन्दै हरेक स्थानीय तहबाट अहलिे दुई देखि ३ जनाका दरले कर्मचारी काठमाडौंमा आइपुगेका छन् । उनीहरुले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेरहद र सेवा अबधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता लगायतका मुद्दालाई आन्दोलनको बटम लाइन बनाएर उनीहरु सडक संघर्ष गरिरहेका छन् ।
यस्का अलवा उनीहरुले विभिन्न दलका संसदीय दलका नेताहरुलाई समेत ज्ञापनपत्र बुझाइरहेका छन् । आजैमात्र संर्घषरत कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीलाई भेटेर संघीय निजामती सेवा ऐनमा समेटिनुपर्ने २० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।


