काठमाडौं । सर्वोच्च अदालतले भारतीको पक्षमा फैसला गर्दै योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरेको छ । पत्नी भारती शेर्पाको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै भएको बहसपछि बिहीबार सर्वोच्चले राष्ट्रपतिको निर्णय बदर गर्न आदेश दिएको हो।
नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए ।
त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा सुनुवाइ गर्दै शुक्रबार कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गरिदिएको हो ।


