काठमाडौं । गृह मन्त्रालयले ४० जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
सरुवा सूची अनुसार, १० जना प्रमुख जिल्ला अधिकारी, १० जना सहायक प्रमुख जिल्ला अधिकारी र अन्य उपसचिवहरूको सरुवा गरिएको छ ।सरुवाको सूची अनुसार,गृह मन्त्रालयका उपसचिव विश्वामित्र कुइँकेल बझाङको प्रमुख जिल्ला अधिकारी बनेका छन् । रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय बैतडीमा खटाइएको छ ।
यस्तै,अध्यागमनबाट खिमराज भुसाललाई दैलेखको प्रजिअको जिम्मेवारी दिएर खटाइँदा बसन्त भट्टराईलाई जिप्रका सोलुबाट सहायक प्रजिअको रुपमा सुनसरीमा पठाइएको छ ।
यस्तै,बाँकेका सहायक प्रजिअ मुगुको प्रजिअको रुपमा खटाइएको छ भने त्यहाँका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापालाई सल्यानमा सारिएको छ ।


