काठमाडौं । भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध दायर गरेको मुद्धामा विशेष अदालतले सफाइ दिएको छ।
विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै भण्डारीलाई सफाइ दिएको हो ।
उनीविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्तिको दाबी नपुग्ने ठहर अदालतले गरेको छ । व्यवसाय गरेर कमाएको सम्पत्तिमा अख्तियारले हेर्न नमिल्ने समेत अदालतको ठहर छ ।


