काठमाडौं। चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन्।
यसैगरी संस्थाको उपाध्यक्षमा अमरेशचन्द्र बैदार, सचिवमा सुब्बा श्रेष्ठ, कोषाध्यक्षमा कृष्णबहादुर गुभाजु र संचालकहरुमा किशोर गजाधर खड्का, गणेशकुमार अग्रवाल र मोहन बोहरा चयन भएका छन्।
संस्थाको कुल सम्पत्ति ८४ करोड ६१ लाख रुपैयाँ, सेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत आवमा संस्थाले ६५ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।


