काठमाडौं । कंचनपुर जिल्लाको लालझाडी गाउँपालिका ईन्जिनियर राम प्रसाद अवस्थीमाथि स्थानीय निर्माण व्यवसायी भीम राना सहितका व्यक्तिहरुद्वारा हातपात र अभद्र व्यवहार गरेका छन् ।
लालझाडी गाउँपालिका वडा नं. २ कञ्ज बजारस्थित कञ्ज बजार सडक स्तरोन्नती आयोजनाको निर्माण कार्यको निरीक्षणका गर्ने क्रममा उनीमाथि हातपात र अभद्र व्यवहार भएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिए ।
“सोमबार दिउसो करिब १ बजे प्राविधिक कर्मचारीहरु कार्यक्षेत्रमा खटिइएको अवस्थामा निर्माण व्यवसायी राना सहितका व्यक्तिहरुद्वारा हातपात र अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत सार्कीले बताए ।”


