काठमाडौं । नेपाल सरकारका नेपाल प्रशासन सेवाका १५ उपसचिव सहसचिवका लागि बढुवा सिफारिस भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवाका १५ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
समितिको मंगलबार बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको जनाइएको छ ।यसरी वढुवा सिफारिस हुनेहरुमा खिमबहादुर रायमाझी,कृष्णबहादुर बस्नेत,सुवाषचन्द्र शिवाकोटी,खिमबहादुर कुँवर,जयबहादुर भण्डारी,बिष्णु प्रसाद पौडेल,विनोद लामिछाने,रामबाबु पुरी,केशवराज ढकाल रहेका छन् ।
यस्तै,कमान सिंह खत्री,विष्णु प्रसाद ज्ञवाली,नारायण ढकाल,गोपाल कोइराला,पुष्कर न्यौपाने र मिमांस अधिकारी बढुवाका लागि सिफारिस भएका छन् ।


