काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार पार्टी सभापति शेरबहादुर देउवा समग्र पार्टीको भन्दा पनि एउटा गुटको मात्रै सभापति भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाका सांसद थापाले बुधबार शेखर समूहको बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको भेलामा आफ्नो धारणा राख्ने क्रममा यस्तो आरोप लगाएका छन् ।
उनले भने, ‘१४ औं महाधिवेशपछि हामीले तीनवटा चुनाव भए तर हामीले अहिलेसम्म एउटा पनि मापदण्ड बनाउन सकेनौं । सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन । उहाँले आफ्नो समूहमा भन्दा बाहिर हेर्नुभएन । त्यसैले यो पटकको राष्ट्रियसभाको निर्वाचनमा मापदण्ड बनाउनुपर्छ । न्यायपूर्ण ढंगले गर्नुपर्छ ।’
उनले राष्ट्रियसभाको निर्वाचनको टिकट वितरणमा देउवा कांग्रेस सभापति बन्न सक्छन् कि सक्दैनन् प्रष्ट हुने बताए । उ


