काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई पक्राउ गरेको छ ।
आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


