काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
सांसद समेत रहेका थापाले मंगलबार मेची–महाकाली संवाद यात्राका क्रममा पश्चिम नवलपरासी आएका महामन्त्री थापाले भने, ‘निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरुमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाएको छु ।’
निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको नेता थापाको जोड थियो ।


