काठमाडौं । सरकारसँगको वार्तामा निष्कर्ष नआएपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले काठमाडौंको बालुवाटारमा सिठ्ठी जुलुससहित मार्चपास गर्ने भएका छन् ।
मिटरब्याजपीडितलाई ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्तामा बोलाएको थियो । तीन पटकसम्म वार्तामा बस्दा पनि कुनै निष्कर्ष नआएपछि समितिले पुनः आन्दोलन गर्न लागेको जनाएको छ । मिटरब्याजपीडितको समस्यालाई समाधान गर्न सरकारले नजरअन्दाज गरेको समितिको ठहर छ ।
सरकारले आफूहरूको मागप्रति वेवास्ता गरेर सडक संघर्ष गर्न चुनौती दिइरहेको समितिको बुझाइ छ । पीडितहरूले भृकटीमण्डप पुतलीसडक, डिल्लीबजार, कमलपोखरी, टंगाल हुँदै बालुवाटार पुगर सिठ्ठी जुलुससहित मार्चपास गर्न लागेको समितिले जनाएको छ ।


