काठमाडौं । आज बिहान राष्ट्रिय सभाका अध्यक्षका लागि निर्वाचन हुँदैछ।
अध्यक्षका प्रत्यासीका रुपमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवराज शर्मा चुनावी मैदानमा छन् ।
दाहाललाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका साथै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि साथ छ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्। सत्ता गठबन्धनसँग ३९ सांसद छन्। अध्यक्ष जित्न २९ मत चाहिन्छ।


