काठमाडौं । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगबाट हिजोमात्रै प्रतिवेदन बुझेका गृहमन्त्री रवि लामिछानेलेले उक्त प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका हुन् ।
गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।


