काठमाडौं नेपाल प्रहरीका ८ जना डीएसपी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस भएका छन् ।
यसरी बढुवा सिफारिस भएका डीएसपीहरुमा ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे रहेका छन् ।
उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए ।


