काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले यनलाई महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिश गरेको हो ।
राया हाल राष्ट्रिय तथ्यांक कार्यालयमा सचिवमा कार्यरत छन्।
महालेखा परीक्षक पदमा नियुक्तिका लागि मागिएको आवेदनमा १५ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेपाल सरकारका पूर्व सचिवहरू गोपीनाथ मैनाली, शिशिर ढुंगाना लगायत थिए।
यसअघिका महालेखा परीक्षक टंकमणि शर्माको कार्यकाल गत जेठ ७ मा सकिएपछि उक्त पद रिक्त थियो। परिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले रायालाई महालेखा परीक्षक नियुक्त गर्नेछन्।


