काठमाडौं । मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरी आचार्य ३० हजार नगद घुस सहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान टोलीले पक्राउ गरेको हो ।
कार्यालयका नायब सुब्बालाई अख्तियारको टोलीले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद ३० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो।
तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाट उनलाई पक्राउ गरिएको हो। अख्तियार टोलीले अन्य कागजी प्रक्रियाको काम अघि बढाइरहेका छन्।


