काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ।
आज एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ भने एक युरोको खरिददर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।
त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर १७१ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।


