काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव नियुक्त भएका छन् । उनी यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका थिए ।
२०८० मंसिरमा स्वास्थ्य मन्त्रालयमा आउनुअघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवको जिम्मेवारी सम्हालेर आएका थिए । गण्डकी प्रदेश जानु अघि भने उनी आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशकको जिम्मेवारीमा रहेका थिए ।
यसैगरी प्रधानमन्त्री ओलीको निजी उपसचिवको जिम्मेवारीमा विष्णु सुवेदी आएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवमा यस अघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसचिव नवराज ढुङ्गानालाई निजी सचिव नियुक्त गरेका थिए ।
मन्त्रीको निजी सचिव पनि उपसचिव र प्रधानमन्त्रीको पनि उपसचिव नै हुँदा नमिलेको भन्दै त्यसलाई मिलाउनको लागि सहसचिव कायम गरिएको थियो ।
