काठमाडौं । सोमबार बढेको शेयर बजार मंगलबार नेप्से परिसूचक १४५.०५ अंकले घटेको छ ।
आज ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेचबाट २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँ बराबरको कारोबार भयो ।
थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले ओरालो लागेको हो।
आठवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स,गोर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रोपावर,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट,शुभम पावर,हाथवे र ओरेन्टल होटल्सको सेयर १० प्रतिशतले घटेको हो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो।


