काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६४ पैसा र छ खरिददर मूल्य १३४ रुपैयाँ ४ कायम गरिएको छ ।
यसैगरी आज एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ ५ पैसा रहेको छ ।
बेलायती पाउण्डस्टिर्लिङको १७१ रुपैयाँ ४४ पैसा छ । एक अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८८ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलरको ९७ रुपैयाँ ९७ पैसा छ ।
बिहीबार राष्ट्र बैंकले एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८६ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ७० पैसा तोकेको छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९२ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।


