काठमाडौं । प्रभु बैंकका ग्राहकहरूले समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । यसका लागि हस्पिटल र प्रभु बैंकबीच एक सम्झौता भएको छ ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारले १५ प्रतिशत तथा ग्राहकले १० प्रतिशत छुट पाउने छन् । समाज डेन्टल हस्पिटलका सबै शाखामा यो सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


