काठमाडौं । सरकारले दुई सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको उनीहरुलाई सरुवा गरेको हो । बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ भने उपराष्ट्रपति कार्यालयमा सचिव लक्ष्मीकुमारी बस्नेतलाई सरुवा गरिएको हो । उनी गण्डकी प्रदेश सरकारका प्रमुख सचिवमा कार्यरत थिइन् ।
बैठकले सचिवमा बढुवा भएका गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।


