काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना सव-इन्जिनियरविरुद्ध आरोपपत्र दायर गरेको छ।
आयोगले सोमबार कृषि ज्ञान केन्द्र डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लालबहादुर विकविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सव -इन्जिनियर पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सव इन्जिनियर पदमा नियुक्त लिइ ओहोदा,लाभ र सुविधा प्राप्त गरेको पाइएकाले बिकविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए।


