काठमाडौं । सहसचिव रुद्रसिंह तामाङले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन् । उनले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भनी दायर गरेको मुद्दामा सफाइ पाएका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई सफाइ दिएको हो ।
काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारीको रूपमा खानेपानीको बोर्ड सदस्यको रूपमा हस्ताक्षर गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले तामाङसँग ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ बिगो दाबी गरेको थियो ।


