काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले कात्तिक १ गते २१औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत ९कर प्रयोजनार्थ० नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
साथै कर्जा अनुमोदन तथा आयोजनाहरू निर्माणको लागि थप कर्जा लिन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा १०० प्रतिशत शेयर स्वामित्व हुने गरी लगानी गर्ने, बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना ९९.७० मे.वा. निर्माण गर्ने विषय टुङ्ग्याउनेछ ।


