काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन् । मंगलवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताए।
यसको परीक्षण उत्पादन मंसिरभित्र सम्पन्न हुने बताए। यसको सदुपयोग पनि गरिने जानकारी दिए।
प्रधानमन्त्री ओलीले सरोकारवाला पक्षले आवाज उठाए पनि वन नउठाए पनि निजामती विधेयक र विद्यालय शिक्षा विधेयक तुरुन्तै ल्याउने विश्वास व्यक्त गरे।


