काठमाडौँ । प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो ।
उनलाई शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको टोलीले जरुरी पक्राउ पुर्जी बुझाएर नियन्त्रणमा लिएको हो।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।


