क्यालिफोर्निया । आदिकवी भानुभक्त आचार्यको २१३ औ भानुजयन्ती विशेष कार्यक्रमका साथ स्यांनफ्रान्सिस्कोस्थित नेपाली कम्युनिटी सेन्टरमा भव्य रूपले मनाइने भएको छ । अन्तराष्ट्रिय साहित्य समाज उत्तर क्यालिफोनिया च्याप्टरको आयोजनामा आगामी आइतवार जुलाई १२ मा २१३ औ भानुजयन्ती तथा साहित्यिक अनावरण समारोह हुन लागेको हो ।
च्याप्टरका अध्यक्ष एवं युवाकवि बावु आचार्यका अनुसार सो कार्यक्रमचर्चित साहित्यकार एवं मदनपुरस्कार विजेता कवि नवराज लम्सालको प्रमुख आतिथ्यतामा आदिकवि मानुभक्तको साहित्यिक अनावरण ( शालिक स्थापना ) गरिने छ भने कार्यक्रममा प्रख्यात कार्यक्रम प्रस्तोता अच्चूत घिमिरे ‘बुलवुल‘, साहित्यकारहरु ऋषवदेव घिमिरे र नवराज कार्की लगायतको साहित्यिक प्रस्तुति रहनेछ ।
आदिकविको प्रतिमा यस अघि नै आइपुगेको छ ।
‘भाषा, साहित्य र संस्कृतिको संरक्षण हाम्रो पहिचान, पुस्तकतरण हाम्रो अभियान अन्तरगत कविता प्रतियोगिता र सगरमाथा आरोहीहरुलाई सम्मान गरिने कार्यक्रम पनि राखिएको छ ।
उक्त कविता प्रतियोगितामा प्रथम हुनेलाई ३०१ डलर द्वितिय हुनेलाई २०१ डलर, तृतीय हुनेलाई १०१ डलर र सान्त्वना पाउने कवितालाई पनि ५० डलर रकम पुरस्कार दिइने जानकारी अध्यक्ष आचार्यले दिएका छन ।
नेपालका आदिकविको सालिक एवं साहित्यिक अनावरण कार्यक्रमका प्रमुख अतिथि रहेका साहित्यकार नवराज लमसालले कार्यक्रमको आफूले व्यग्र प्रतिक्षा गरेको वताए । ‘कार्यक्रमको तालिका हेरेर एकममै उत्सुक छु, सवै साहित्यिक एवं सृजनशील मनहरुसंग आइतवार भेट हुने नै छ’ लम्सालले भने ।
नेपाल र भारत बाहेक आदिकविको साहित्यिक प्रतिमा अनावरण अमेरिकामा पहिलोपटक हुन लागेको हो ।


