काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब आफ्नो पार्टी सत्ता र शक्तिभन्दा जनताकेन्द्रित हुने बताएका छन् । अब
मंगलबार काठमाडौंमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव पुस्तक बिमोचन गर्दै सभापति थापाले विगतका घटना र राजनीतिक पात्रहरूबारे छलफल हुनु सामान्य भए पनि आजको मुख्य प्रश्न कांग्रेसले समाजमा पहिले जस्तै नैतिक अधिकार कायम गर्ने भएको बताए ।
उनले नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नका लागि २०७२ देखि २०८२ सम्मको दशकको अँध्यारा र काला दिनबाट बाहिर निस्कनुपर्ने धारणा राखे । सिद्धान्त र मूल्य–मान्यता तिलाञ्जली दिँदै पछिल्लो १० वर्ष सत्ता र शक्तिको पछाडि कुदेर समय खेर फालिएको उनको भनाइ छ ।


